बलुचिस्तानमा आत्मघाती बिस्फोटमा ५२ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा शुक्रबार भएको आत्मघाती बिस्फोटमा मृत्यु हुनेको संख्या ५२  पुगेको छ। मृत्यु हुनेमा एक उच्च प्रहरी अधिकृत पनि छन्।

पाकिस्तानको द डन समाचारपत्रका अनुसार बलुचिस्तानको मास्तुङ जिल्लामा एउटा मस्जिद नजिकै  सु रु हुन लागेको र्‍यालीमा आत्मघाती बिस्फोट भएको हो। बिस्फोटमा परी १३० भन्दा बढी मानिस घाइते भएका छन्। बिस्फोटको अहिलेसम्म कसैले जिम्मा लिएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर