प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक भएन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण उपलब्धिमूलक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमण एकदमै साधारण र फुर्सदिलो देखिएको बताएका हुन् । १७ दिनसम्म संसद् रोकेर गरिएको भ्रमण पनि उपलब्धिमूलक नहुनु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।

प्रधानमन्त्रीको हैसियतमा यो प्रचण्डको अन्तिम भ्रमण पनि हुन सक्ने उनको टिप्पणी छ । अर्को फरक प्रसंगमा बोल्दै अध्यक्ष ओलीले देशको ठूलो दल (नेपाली कांग्रेस) नै देशप्रति गम्भीर नभएको आरोप लगाए । पछिल्लो राजनीतिक गतिविधिले कांग्रेसको अस्तित्व नै संकटमा पर्दै गएको उनको जिकिर छ ।

देशप्रतिको गाम्भीर्यताको अभावमा एमाले कांग्रेससँग मिल्ने कुनै सम्भावना नै नरहेको उनको भनाइ छ । माओवादी नेतृत्वको सरकार अपराधीको संरक्षणमा सक्रिय रहेको आरोप समेत अध्यक्ष ओलीले लगाए । अहिलेको सरकार देशका लागि दुर्भाग्यपूर्ण रहेको जिकिर समेत उनले गरे । अध्यक्ष ओली एमाले कोशी प्रदेश अधिवेशन उद्घाटनका लागि विराटनगर आएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर