यमनको हुथी बिद्रोहीहरुद्वारा मन्त्रिपरिषद् बर्खास्त

काठमाडौं । यमनको हुथी बिद्रोहीहरुले मन्त्रिपरिषद् बर्खास्त गरेका छन् । राजधानी सानामा मुस्लिम अगमवक्ता मोहम्मदको जन्मदिनको अवसरमा आयोजित समारोहमा समूहका नेता अब्दुलमालिक अल हुथीले यसको घोषणा गरेका हुन् । उनले अब नयाँ र सक्षम मन्त्रीपरिषद्को गठन हुने बताए । नीति सुधार गर्न, जनताको सेवा गर्न र आर्थिक समस्या समाधान गर्न नयाँ मन्त्रीपरिषद्ले भूमिका खेल्ने बताए ।

विद्रोही सेना, साना, होदेइदाह र इब्ब प्रान्तका सडकमा बासिन्दाहरुबीच झडप भएको एक दिनपछि यो कदम चालिएको हो । आन्दोलनकारीहरूले पारिश्रमिक, राम्रो सरकारी सेवा, विद्युत्, स्वच्छ पानीको पहुँच र आर्थिक गतिविधि चलायमान बनाउन माग गर्दै आएका थिए । क्रान्ति दिवसको ६१ औँ वार्षिकोत्सव मनाउन सानाको डाउनटाउनको अल ताहिरिर स्क्वायरमा भेला भएका मानिसहरूको बीचमा मङ्गलवार झडप भएको थियो । यमन सन् २०१४ देखि गृहयुद्धमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर