सुनको भाउ आठ सय रुपैयाँले घट्यो

काठमाडौं ।  सुनको भाउ आज पनि घटेको छ । केही दिनयता सुनको भाउ लगातार घटिरहेको छ । हिजो सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले घटेको थियो । आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ता समग्रमा सुनको भाउ तोलामा तीन हजार चार सय रुपैयाँले घट्यो ।

हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा एक लाख १२ हजार दुई सय रुपैयाँ  थियो । चाँदीको भाउ भने आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर