भूकम्पबारे पूर्व सूचना दिने अलर्ट सिस्टम

काठमाडौं ।  सर्च इञ्जिन गुगलले भारतमा भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टम’सुरु गरेको छ । यो प्रणालीले भूकम्पको कम्पन पत्ता लगाउनेछ र एन्ड्रोइड स्मार्टफोनमा भूकम्प आउनुअघि नै चेतावनी दिनेछ । यसका साथै भूकम्पको तीव्रता र केन्द्रका बारेमा पनि जानकारी दिनेछ ।

गुगलले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण र राष्ट्रिय भूकम्प मापन केन्द्रको सहकार्यमा यो चेतावनी दिने प्रणाली ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो प्रणालीले केही हप्तामा पूर्णरुपमा काम गर्न थाल्ने खबरमा उल्लेख छ ।

गुगलको यो प्रणालीले एन्ड्रोइड स्मार्टफोनमा रहेको एक्सेलेरोमिटरको सहयोगमा काम गर्छ । जसले भाइब्रेसनमा मिनी सिस्मोमिटर अर्थात् कम्पन नाप्ने मेसिनले जस्तै काम गर्छ । गम्भीर झट्का आउनुभन्दा केही सेकेन्ड पहिला नै अलर्ट फोनमा आइपुग्नेछ । यसले भूकम्पबाट हुने क्षति र जोखिमलाई केही घटाउने विश्वास गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर