सप्तरीको योगिनियाँमा आगलागी हुँदा लाखौंको क्षति

काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–५ योगिनियाँमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
योगिनियाँस्थित भगवती मन्दिर नजिकै राम बस्तीमा स्थानीय रोहित रामको घरमा शुक्रवार बिहान १ः३० बजे आगलागी हुँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट खाद्यान्न सामग्री, लत्ता कपडा, दुई वटा गाई, दुई थान साइकल र चार कोठा पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब १० लाख मूल्य बराबरको क्षति भएको स्थानीय युवा नेता राहुल मण्डलले जानकारी दिए । आगो स्थानीयवासी, प्रहरी तथा बारुण यन्त्रको सहयोगमा नियन्त्रण लिइएको सप्तरी प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर