मौसम : कोशी र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। महाशाखाका अनुसार देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र मधेस प्रदेश सहित देशका पहाडी भू-भागको थोरै स्थानमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर