मणिपालका चिकित्सक र मृतकका आफन्तबीच ६ बुँदे सहमति

काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सक र मृतकका आफन्तबीच ६ बुँदे सहमति भएको छ । बिहीबार भएको सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।

सहमतिअनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाँउ लमजुङको सुन्दर बजारमा वर्षमा एकपटक विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर चलाउने भएको छ । यसैगरी दुरा जातीको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुवै पक्षले सहयोग गर्ने, विनय गुरुङविरुद्ध दर्ता भएको मुद्दामा कानुनी रित पुर्‍याएर सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम आजैदेखि स्थगित गर्न दुवै पक्ष सहमत भएका छन् ।

आन्दोलनका कारण चार दिनदेखि अस्पतालको सेवा प्रभावित भएको थियो । चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्म आफूहरूले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै चिकित्सकहरूले गत सोमबारदेखि सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका थिए । लमजुङ सुन्दरबजार वडा नम्बर ६ की ५७ वर्षीया दुराको उपचारको क्रममा असोज ८ गते मृत्यु भएको थियो । दुराको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै डा. अनिल शाहमाथि हातपात गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर