सामाजिक सद्भाव बिथोल्न खोज्नेलाई नियन्त्रणमा लिन रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशमा धार्मिक, जातीय र साम्प्रदायिक आधारमा सामाजिक सम्बन्धमा खलल पुर्‍याउन केही स्वार्थ समूह सक्रिय रहेको निष्कर्ष निकालेको छ ।

रास्वपाको आज बिहीवार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सामाजिक सद्भाव बिथोल्न खोज्ने गतिविधिलाई तत्काल नियन्त्रणमा लिन पनि सरकारको ध्यानाकर्षण गराएको छ । महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन् । देशका विभिन्न ठाउँमा धार्मिक, जातीय वा सम्प्रदायका आधारमा सामाजिक सम्बन्धमा खलल पुर्‍याउन केही स्वार्थ समूह सक्रिय रहेको उनले बताए ।

केहीअघि धरान र भर्खरै मलङ्गवामा शदियौँदेखिको सद्भाव बिथोल्ने नियोजित प्रयास भएको तर नेपाली–नेपालीबीचको घनिष्ठ सामाजिक सम्बन्धले त्यसलाई सफल हुन नदिएको विज्ञप्तिमा उल्लेख छ । रास्वपाले सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न र अल्पसङ्ख्यकको पहिचानको सम्मान गर्न सबैमा अपिल गरेको छ । जुनसुकै धर्मावलम्बी वा समुदायको भावनालाई जुनसुकै आवरणमा चोट पुर्‍याई सामाजिक सद्भाव बिथोल्न खोज्ने गतिविधिलाई तत्काल नियन्त्रण गर्न पनि रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर