योगा/ध्यान गरेर मात्रै काम थाल्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालय मातहतका सरकारी कार्यालयमा बिहान हाजिर भएपछि कर्मचारीले हरेक दिन योगाभ्यास/ध्यान गरेर मात्र काम सुरु गर्नुपर्ने भएको छ। तनाव व्यवस्थापनका अनिवार्यरुपमा कम्तीमा १५ मिनेट समय ध्यान गरेर मात्र कार्य प्रारम्भ गर्न गृहले परिपत्र गरेको हो।

मन्त्रालयले महाशाखाका अधिकृतस्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्यरुपमा कम्तीमा १५ मिनेट समय ध्यान गरेर मात्र कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाउन मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा उल्लेख छ ।

मन्त्रालयले  उपत्यकास्थित विभाग, कार्यालयका अधिकृतदेखि उच्च–तहसम्मका कर्मचारीहरूलाई कार्यालयमा हाजिर भएपछि हरेक दिन योगाभ्यास/ध्यान गरेर मात्र काम सुरु गर्न परिपत्र गरेको हो। त्यस्तै, अन्य कर्मचारीहरूलाई योग प्रशिक्षण प्रदान गरिसकेपछि सोही अनुरूप योग/ध्यान गर्ने व्यवस्था र वातावरण बनाउन पनि महाशाखाहरूलाई आग्रह गरिएको छ। केही दिन अघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले तनाव व्यवस्थापनका लागि योग/ध्यान गर्नुपर्ने बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर