डाक्टर पीडितहरूद्वारा पोखराको मुख्यचोकमा चक्काजाम

काठमाडौं । पोखरास्थित मणिपाल अस्पतालका डाक्टरहरूबाट पीडित मृतकका आफन्तहरूले छानबिनको माग गर्दै पोखराको मुख्यबजारमा प्रदर्शनसहित चक्काजाम गरेका छन् ।

पोखराको महेन्द्रपुलबाट प्रदर्शनसहित भीड चक्काजाम गराउँदै पृथ्वीचोकमा पुगेको थियो । उनीहरूले पोखराको मुख्यचोक पृथ्वीचोकमा प्रदर्शन गर्दा सवारी आवागमनमा असर परेको थियो । लमजुङको सुन्दरबजार ७ की ५७ वर्षीया सुकमाया दुराको मणिपालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको थियो । मृतकका आफन्तले चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै तोडफोड गरेका थिए भने उपचारमा संलग्न डाक्टर अनिल शाह कुटिएको थियो ।

यता, मणिपाल अस्पतालका निर्देशक कृष्णमोहन श्रेष्ठले आफूहरू वार्ताकै माध्यमबाट तनाव साम्य गर्न लागिपरेको बताए । कास्कीका तीन सरकारीसहित दुई दर्जनभन्दा बढी अस्पतालको सेवा ठप्प हुँदा बिरामी मर्कामा परेका छन् । स्वास्थ्यकर्मीले बुधबार जिल्ला प्रशासन कार्यालय कास्की अगाडि नाराबाजी गरेका छन् । नेपाल चिकित्सक सङ्घ गण्डकीका कार्यवाहक अध्यक्ष डा.. सुनील पनेरुले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएसम्म चिकित्सकहरू काममा नफिर्कने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर