नेपाललाई हराउँदै भारत फाइनलमा

काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३-२ ले पराजित भएको हो । यसअघि निर्धारित समयको खेल १-१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

भारतले  २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । खेलको ७४ मिनेटमा नेपालले गोल गर्दै बराबरी गरेको थियो । अब भारतले फाइनलमा पाकिस्तानसँग खेल्ने छ । आज नै भएको खेलमा पाकिस्तानले भुटानलाई टाइब्रेकरमा  हराउँदै फाइनलमा पुगेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर