बुधबार ओरालो लाग्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । मंगलबार १८.४५ अंकले बढेको शेयर बजार आज १८.६० अंकले घटेर दुई हजार ४ दशमलब ३० विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । मंगलबार १९० वटा कम्पनीको शेयरमूल्य बढेको थियो ।

एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड रहेको छ । यस कम्पनीको शेयरमूलय आज ९.९० प्रतिशतले बढेको छ । यसका साथै आज एशियन हाइड्रोपावर लिमिटेड र मोलुङ हाइड्रोपावर लिमिटेडको शेयरमूल्य पनि आज ७ प्रतिशतले बढेको छ ।

आज लक्ष्मी भ्यालुफण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ७ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर