आणविक हतियार उन्मूलनका लागि आह्वान

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मूलन गर्न आह्वान गरेको छ ।

उनले आणविक हतियारको पूर्ण उन्मूलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताए । उनले आणविक हतियारको प्रयोग रोक्नको लागि एकमात्र विकल्प त्यसलाई हटाउनुभएको बताए । मानवीय प्रकोपलाई आणविक हतियार हटाएर मुक्त गर्न सकिने बताए ।

उनले अहिले चिन्ताको विषय हतियारको दौड भएको बताए । उनले आणविक हतियार घटाउँदै लैजानुपर्नेमा झनै बढ्दै गइरहेको बताए । उनले आणविक हतियार धेरै भएका मुलुकलाई निशस्त्रीकरणको दायित्व पूरा गर्न कुनैपनि परिस्थितिमा आणविक हतियारको प्रयोग नगर्ने प्रतिबद्धता गर्न आह्वान गरे ।

उनले तनाव कम गर्न र आणविक खतरा अन्त्य गर्न वार्ता, कूटनीतिको माध्यम रोज्न आग्रह गरे । उनले आणविक हतियार नियन्त्रणका लागि मानिसहरू बढी जिम्मेवार हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर