इमरान खानलाई पञ्जाब प्रान्तको अटक कारागारबाट स्थानान्तरण गर्न आदेश

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक कारागारबाट स्थानान्तरण गर्न आदेश दिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार खानलाई रावलपिण्डीस्थित ग्यारिसन शहरको अदियाला कागारामा सार्न आदेश दिइएको हो ।

तेहरिक ए इस्लाम पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री खानलाई उच्च सुरक्षासहितको जेलमा राख्न माग गरिएको थियो । भ्रष्टाचारको आरोपमा इस्लामावाद अदालतले खानलाई ३ वर्षको जेल सजाय सुनाएको थियो ।

यसअघि इमरान खानले आफूलाई दुर्गम क्षेत्रमा रहेको निकै नै साँघुरो कारागारमा राखिएको भन्दै बिरोध जनाएका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर