रुसी ब्ल्याक सीका कमाण्डर मारिएको युक्रेनको दाबी

काठमाडौं । युक्रेनको स्पेशल फोर्सले रुसको ब्ल्याक सीका कमान्डर एडमिरल भिक्टर सोकोलोभ सहित अन्य ३३ जना मारिएको दाबी गरेको छ ।

गत साता युक्रेनको सेभास्टोपेलको क्रिमियन बन्दरगाहमा रहेको नौसैनिक मुख्यालयमा युक्रेनी मिसाइल आक्रमणबाट उनीहरु मारिएको दाबी युक्रेनी स्पेशल फोर्सले गरेको हो । मारिने ती कमाण्डर रुसको नौसेनाका वरिष्ठ अधिक्रृत रहेको दाबी गरिएको छ । रुसले भने कुनै प्रतिक्रिया दिएको छैन ।

रुसले क्राइमिया, ब्ल्याक सी क्षेत्रमा १९ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर