उपमेयर सुनिता डंगोल र ईःका सदस्यबीच भेटघाट

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अभियन्ता ईशान श्रेष्ठ ‘ईः’ लाई भेटेकी छन् । प्रदर्शन गरिरहेका ईः लाई भेट्न डंगोल सोमबार बिहान प्रदर्शन गरिरहेको ठाउँमा पुगेकी थिइन् ।

अभियन्ता ईः का अनुसार डंगोलले स्वास्थ्यबारे चासो लिँदै सुस्वास्थ्यको कामना गरेकी थिइन् । ‘उहाँले सहानुभूतिपूर्ण शासनप्रति प्रतिबद्ध रहेको र सडक व्यवसायीहरूका लागि वैकल्पिक व्यवस्थाको नीति तयार गर्न सक्दो प्रयास गर्ने बताउनुभयो,’ अभियन्ता ईः एक सदस्यले भने । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई चुनावी वाचा सम्झाउन ईः आठ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् । वार्ताको विषयमा सोमबार  मेयर साह र ईः का सदस्यहरूबीच विवाद भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर