लोसपा परिवारवादको चंगुलमा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको पदाधिकारीमा आफन्त नै आफन्तलाई मनोनीत गरिएको छ । चार जना सांसद भएको लोसपा नेपालले ६२ सदस्यीय पदाधिकारी र ३११ सदस्यीय केन्द्रीय समितिमा आफन्तको बोलबाला भएको हो ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षमा बसेको बैठकले आफन्तलाई पदाधिकारी बनाएको छ । पदाधिकारीमा भने शीर्ष नेताकै परिवार र नातागोताको बाहुल्य देखिएको छ । सोमबार पुनर्गठित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा अध्यक्ष महन्थ ठाकुरका सम्धी उमाकान्त झा र उपाध्यक्षमा सम्धिनी इन्द्र झा मनोनीत भएका छन्। त्यस्तै ठाकुरकी एक मात्र छोरी मिनाक्षीलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ । सम्धी झाका आफ्नै भतिज डा. सञ्जीव झालाई सचिवको जिम्मेवारी दिइएको छ ।

अध्यक्ष ठाकुरले आफन्तलाई पदाधिकारी बनाएपछि वरिष्ठ नेता राजेन्द्र महतोले ज्वाइँ अनिल महासेठलाई महासचिव र भतिज उपेन्द्र महतोलाई उपाध्यक्षको जिम्मेवारी सुम्पिएको छ । अर्का वरिष्ठ नेता शरदसिंह भण्डारीले श्रीमती निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष तथा छोरी सृष्टिलाई सचिवको जिम्मेवारी दिए । वरिष्ठ उपाध्यक्ष प्रदीपनारायण यादवले छोरा देवेन्द्र यादवलाई सचिव बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर