नेपालमा मनसुन कमजोर बन्दै, भारी वर्षाको सम्भावना कम

काठमाडौं । भारतको राजस्थानबाट मनसुन बाहिरिएको आज सोमबार साँझ औपचारिक घोषणा भएको छ । नेपालमा मनसुन भित्रने क्रम पूर्वबाट सुरु हुने र बाहिरिने क्रम पश्चिमबाट हुने भएकाले राजस्थानबाट मनसुन बाहिरिनुलाई नेपालमा पनि मनसुन कमजोर हुने बर्सेनि मूल्यांकन प्रणाली रहँदै आएको छ ।

नेपालमा मनसुन बाहिरिने अक्टोबर दुई तारिख पनि निकट रहेको छ । अघिल्लो वर्षको तथ्याङ्कअनुसार राजस्थानबाट मनसुन बाहिरिएको एक सातापछि नेपालमा पनि मनसुनको प्रभाव नदेखिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए । नेपालमा केही दिन यता मनसुन कमजोर बनेको छ । पछिल्लो २४ घण्टामा कपिलवस्तु र आसपासका क्षेत्रमा बाहेक अन्यत्र ठूलो पानी परेको छैन ।

जल तथा मौसम विभागको तथ्याङ्क अनुसार नेपालमा यो वर्ष मनसुन सुरु भएपछि अहिलेसम्म एक हजार दुई सय ९५ मिलिमिटर औसत वर्षा भएको छ । जुन मनसुन अवधिमा हुने कुल औसत वर्षा एक हजार चार सय ७२ मिलिमिटरको ८८ प्रतिशत हो । यो वर्षा औसतभन्दा कम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर