नेपाल–चीन व्यापार सम्झौताको पुनरावलोकन गरिने

काठमाडौं । नेपाल–चीन व्यापार र भुक्तानी सम्झौता १९८१ मा पुनरावलोकन गरिने भएको छ।

प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा ज्वाइन्ट टेक्निकल वर्किङ ग्रुप बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा नेपाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी भएको हो। वर्किङ ग्रुपले पुरानो सम्झौताको पुनरावलोकन र परिमार्जन गर्ने उल्लेख गरिएको छ। समझदारी पत्रमा नेपालको तर्फबाट सचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर