पूर्वराजाको भक्तपुर यात्राले ओलीलाई बिझ्यो र भने, “भक्तपुरका जनताचाहिँ रमाइलो हेर्न गए”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको आइतबारको भक्तपुर यात्राबारे टिप्पणी गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र हिजो आइतबार भक्तपुरस्थित तलेजु भवानी र भैरवनाथ मन्दिरको दर्शन गर्नका लागि पुगेका थिए। उनलाई अभूतपूर्वरूपमा स्थानीय जनताले स्वागत र सत्कार गरेका थिए।
त्यही यात्राको सन्दर्भमा ओलीले कटाक्ष गर्दै भने, “त्यहाँ त बिस्केट जात्रा हुन्थ्यो, के हुन्थ्यो, लाखे जात्रा हुन्थ्यो, हिजो कुन चाहिँ यो जात्रा आयो भनेर भक्तपुरका जनता वरिपरि बसेर हेरे ।”

आफ्नो पार्टीको बागमती प्रदेशको अधिवेशनको सोमबारको उद्घाटन सत्रमा ओलीले अगाडि भने, “कोही अडिन खोज्दैछन्, कोही बन्न खोज्दैछन्। अनेक कुरा गर्छन्। कोहीकोहीका अनौठा सपनाहरू पनि देखिएु । हिजो भक्तपुरमा एउटा राम्रो नाटक मञ्चन गरेको देखियो। महिनौं लगाएर तीन चार हजार मान्छे भेला गरेर, ओहो धुमधाम।” उनले हिजो भक्तपुरका जनताचाहिँ रमाइलो भनेर हेर्न गएको टिप्पणी पनि गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर