राहत शिक्षकहरू सडकमा सुतेर विरोध प्रदर्शन

काठमाडौं । राहत शिक्षकहरुले काठमाडौंको बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् । उनीहरू आज सोमबार माइतीघर मण्डलामा भेला भई बानेश्वरसम्म प्रदर्शन गर्दै सडकमै सुतेर विरोध जनाए । प्रदर्शनमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षकहरू रहेका छन् ।

गएको असोज ७ गते नेपाल शिक्षक महासङ्घ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । यो सम्झौतामा आफूहरूले उठाएका मागको पूर्ण सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायत आन्दोलनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर