‘हनी बनी’ माघ २६ मा प्रदर्शन हुने
काठमाडौं । निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘हनी बनी’ आगामी माघ २६ गते प्रदर्शन हुने भएको छ। सोमबार फिल्मको फर्स्टलुकमा पनि सार्वजनिक गरिएको छ। अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ पोस्टरमा देखिएका छन्। अभिमन्यु भारतीय मोडल हुन्। यो नै उनको पहिलो फिचर फिल्म हो।
भारतको दिल्लीमा जन्मिएका अभिमन्युले केही हिन्दी गीतमा अभिनय गरेका छन्। उनले अभिनय गरेको ‘याद पिया के आने लगी’ गीत चर्चित छ।
प्रतिक्रिया