बालेनको दावी : अभियन्ताहरू बोलाउँदा पनि आएनन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राष्ट्रियसभा गृहअगाडि प्रदर्शनरत अभियन्ताहरूलाई संवादमा बोलाउँदा नआएको दावी गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर साहले उक्त दावी गरेका हुन्।

‘विगत केही दिनदेखि केही अभियन्ताहरू आन्दोलनमा हुनुहुन्थ्यो, उहाँहरूको कुरा सुन्न उहाँहरू उभिरहेको ठाउँमा म आफैँ गएर वार्ता गरौं यहाँहरूको कुरा र समस्या सुनौंभन्दा अभियन्ताहरू संवादमा बोलाउँदा आउन खोज्नु भएन’, मेयर साहले लेखेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौं, शायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौं। के वार्ता हामीले उहाँहरूको नेतासँग गर्न पर्ने ?’

ईः लगायत अभियन्ताहरू गत मंगलबारदेखि राष्ट्रियसभा  गृहअगाडि उभिएर प्रदर्शन गरेका छन्। ईः ले १९९ घण्टा उभिएर प्रदर्शन गरिसकेका छन‍्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर