सल्यानमा जिप दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

काठमाडौं । सल्यानमा सोमबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप राप्ती राजमार्गअन्तर्गत पर्ने जिल्लाको कपुरकोट गाउँपालिका–३ चोरखोला सेतापैरामादुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परी एक जना घाइते भएका छन् । घाइते हुनेमा दाङ तुल्सीपुर उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय नारायण योगी रहेको प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।

घाइतेको उपचारको लागि दाङ पठाइएको छ । मृतकहरूको सनाखत हुन नसकेको श्रेष्ठले बताए । जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय ५० मिटर तल खसेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर