महिला फुटबलमा नेपालले जापानसँग खेल्दै

काठमाडौं ।  चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत आज नेपालले महिला फुटबल, बास्केटबल, बक्सिङ, टेनिस, रग्बीलगायतका खेलमा प्रतिस्पर्धा गर्दैछ ।

आज नेपाली महिला फुटबल टिमले नेपाली समय अनुसार आज दिउँसो सवा ३ बजे जापानसँग खेल्ने छ । नेपाली महिला टिमले यसअघि भियतनामसँग २–० को पराजय व्यहोरेको थियो । थ्री बाई थ्री बास्केटबल महिला टिमले पनि जापानसँग दिउँसो १ बजे खेल्ने तालिका छ । त्यसैगरी, बक्सिङका तीन खेलमा नेपाल सहभागी हुनेछ। दिउँसो १ बजे नै हुने छ ।

आज फेन्सिङमा नेपालका ६ खेलाडीले एकैदिन २३ खेल खेल्ने तालिका छ । उनीहरुको खेल बिहानैदेखि सुरु भएको छ भने टेनिसको आठ प्रतिस्पर्धामा नेपाली खेलाडीले खेल्दैछन् । जुडोअन्तर्गत आज नेपालले दुई खेल खेल्नेछ ।  आजै रग्बी सेभेन्सले पहिलो खेलमा फिलिपिन्स र दोस्रो खेलमा थाइल्यान्डसँग खेल्नेछ । आज तेक्वान्दोको दुई र टेनिसका चार खेल हुँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर