गाँजा आऊ अर्थतन्त्र बचाऊ आन्दोलन

काठमाडौं । नेपाल फर्म व्यवसायी संघ र नेपाल गाँजा वैधानिक महाअभियान गाँजाको वैधता माग गर्दै आन्दोलनमा उत्रिएको छ । काठमाडौंको माइतीघरमा आइतबार उनीहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा सहभागीहरूले ‘गाँजा तत्काल वैध गर सरकार’, ‘घरघरमा रोजगार गाँजा नेपालको प्रथम व्यापार’, र ‘जनता होइन नेपालको जडीबुटीलाई बेच सरकार’ लगायतका ‘प्ले कार्ड’ प्रदर्शन गरेका थिए ।

सर्वोच्च अदालतमा गाँजालाई वैधानिकता दिन माग गर्दै दायर भएको मुद्दाको सुनुवाइ बारम्बार सरेपछि आफूहरू सडकमा उत्रिन बाध्य भएको संघका केन्द्रीय अध्यक्ष रिगेन्द्र गिरीले बताए । उनले भने, ‘गाँजा वैधानिक हुनुपर्छ भनेर हामीले सर्वोच्चमा मुद्दा दायर गरेका थियौं । त्यो मुद्दाको सुनुवाइ बारम्बार सरेपछि हामी सडक आन्दोलन आएको छौं ।’ अध्यक्ष गिरीले गाँजाचरेस विभिन्न रोगको उपचार गर्न प्रयोग हुने भएकाले औषधी उपचारको लागि प्रयोग गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर