सुनको भाउ तोलामा एक सय रुपैयाँ वृद्धि

काठमाडौं । सुनको भाउ आज १ लाख १२ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । तोलाको १ लाख १२ हजार १ सय रुपैयाँमा शुक्रबार कारोबार भएको थियो ।
प्रतिक्रिया