दैनिक आयात गरिने सुनको कोटा २० केजी

काठमाडौं  ।   नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा २० केजी पुर्‍याएको छ । केन्द्रीय बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढाएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।
‘सुन आयातको कोटा दोब्बर बनाउने निर्णय भएको छ’, राष्ट्र बैंकका ती अधिकारीले भने । तथापि, राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र भने गरिसकेको छैन । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएको थियो ।
वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात हुँदै आएकोमा २०७८ फागुन २२ गते नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सुन आयातको दैनिक कोटा १० किलोमा झारेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर