एसियाली खेलकुद प्रतियोगिताको आज उदघाटन हुँदै

काठमाडौं ।  एसियाली खेलकुद प्रतियोगिता आज (शनिबार) देखि चीनको उत्तर दक्षिणी सहर हाङचउ शहरमा सुरु हुँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उदघाटन गर्नेछन्। अन्य धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुखसँगै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि उदघाटन समारोहमा सहभागी हुनेछन्।

प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहने चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनमा आयोजना हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो। यसअघि बेइजिङ र ग्वाङचउमा यो बृहत् खेलकुदको आयोजना भएको छ। प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर