सुन तस्करी छानबिन आयोग नबनाएर सरकारले विश्वासघात गर्‍यो : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीसम्बन्धमा उच्चस्तरीय छानबिन आयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

उच्चस्तरीय छानबिन आयोग गठनका लागि शुक्रबार सिंहदरबारमा बसेको बैठकमा एमालेले यसअघि भएको सहमतिअनुसार छानबिन आयोग गठन गर्न सरकार तयार नदेखिएको भन्दै विरोध जनाएको हो । छलफलपछि एमाले सचेतक महेश बर्तौलाले यसअघि भएको सम्झौताअनुसार असोज ५ गतेभित्रै आयोग गठन हुनुपर्नेमा नभएको भन्दै विरोध जनाए । उनले शुक्रबार नै आयोगको घोषणा नभए विश्वासघात भएको ठानिने जिकिर गरे ।

यता कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने सहमति पालना गर्ने काम सत्तापक्षबाट भएको दावी गरे । भाद्र ६ गते भएको सहमतिअनुसार नै टिओआरमा राखौभन्दा एमाले नेताहरूले पार्टीमा छलफल गर्ने बताएकाले बैठक निष्कर्षमा पुग्न नसकेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर