नेपालमा राजसंस्था अपरिहार्य : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रतिको आफ्नो गुनासो र असन्तुष्टि कायमै रहेको बताएका छन् ।
नेपालमा सबै परिस्थितिको मूल्यांकन गर्दै उनले राजसंस्थाको अपरिहार्यता महसुस गरेका छन् । उनले आफूलाई ज्ञानेन्द्रले नै पार्टी अध्यक्षबाट पराजित गराएको आरोप लगाएका थिए । अहिले भने उनले आफ्नो राजनीतिक यात्राको कोर्स करेक्शन गरेका छन् । उनले हिन्दू अधिराज्यसहितको राजसंस्थाको वकालत गर्न थालेका छन् ।

थापाले बिहीबार फेसबुकमा यस्तो लेखेका छन्ः–

“राजा प्रतिको मेरो गुनासो,असन्तुष्टि आफ्नो ठाउँमा छ। तर, जब देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू र कतिपय चल्तीका आमसञ्चारमाध्यमहरू समेत आफ्नो स्वाभिमान र आत्मसम्मानलाई विदेशीको पैसासँग साटिरहेको तथा निहित स्वार्थको लागि विदेशीसामु आत्मसमर्पण गरेको देख्छु, म अत्यन्त चिन्तित हुन्छु। अनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसुस गर्दछु।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर