शिक्षक–सरकारबीचको वार्ताको समय पर सर्‍यो

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज शुक्रबार पूर्व निधारित समयमा वार्ता हन सकेको छैन । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले दुवै तर्फबाट आन्तरिक छलफल गर्ने भनेसँगै वार्ताको समय सरेको बताए । वार्ताका लागि बिहान ९ बजे समय तय गरिएको थियो । अहिले वर्ताका लागि समय तोकिएको छैन ।

सुवेदीले भने, ‘दुवै पक्ष आन्तरिक तयारीमा छ । वार्ताले आकार लिएको छैन । हामी आन्दोलन परिचालन समितिको बैठक बस्छौँ । वार्ता समिति बनाउँछौँ । यताबाट वार्ता समिति बनेको छ । आन्तरिक गृहकार्यमा जान्छौँ । सरकार पनि आन्तरिक गृहकार्यमा छ । त्यसपछि औपचारिक संवाद सुरु हुन्छ । आन्दोलन जारी छ ।’
यता आज बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका थिए । छलफलपछि कानुनमन्त्री गुरुङले आज नै वार्ता निष्कर्षमा पुग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर