बाल सुधार गृहमा झडप हुँदा एकको मृत्यु

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधार गृहमा गए राति झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
बाँकेका डिएसपी तथा प्रवक्ता नारायण डाँगीले उक्त घटनाको पुष्टि गरेका छन् ।

झडपमा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको भने उपचारको क्रममा निधन भएको डिएसपी डाँगीले जानकारी दिए। मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनी अपहरण, शरीर बन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा रहेको प्रहरीले जनाएको छ। झडपमा घाइते १० जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। सुधार गृहमा रहेका दुई पक्षबीच झडप हुँदा सुधार गृहको अवस्था तनावपूर्ण ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर