शिक्षक र सरकारबीच दोस्रोचरणको बैठक सुरु

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच बिहीबार साँझ दोस्रोचरणको बैठक सुरु भएको छ । बैठककमा सरकार शिक्षकबीच मिलनविन्दुको खोजी हुनेछ । यसअघि आजै बिहीबार बिहान ८ बजे बसेको पहिलो बैठक निष्कर्षविहीन भएर शिक्षकहरू माइतीघरमा प्रदर्शन गर्न पुगेका थिए । जहाँ प्रदर्शनकारीहरूले माइतीघर, नयाँ बानेश्वर क्षेत्रको सडक वरिपरि लगाइएको बोटविरुवा उखलेर प्रहरीमाथि प्रहार गरेका थिए । शिक्षकले आक्रोशस्वरूप प्रहार गरेको बोटविरुवा बल्टुदै प्रहरी हाँसिरहेका थिए ।

बैठकमा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र मन्त्रालयका सचिवहरु छन्।

त्यस्तै शिक्षकहरुको तर्फबाट शिक्षक महासंघका पदाधिकारीहरु सहभागी छन्। शिक्षकहरुको सबै माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने भएपछि बिहानको वार्ता निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर