पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले पाकिस्तानसँग १–० अन्तरमा हार बेहोरेको हो । पाकिस्तानका लागि ७६ औं मिनेटमा अलि जफरले विजयी गोल गरे । लामो दुरीबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपाली टिम निराश बन्यो ।

कप्तान समेत रहेका गोलकिपर जियारत शेखले जफरको प्रहारलाई ठम्याउनै सकेनन् । नेपालले पाकिस्तानविरुद्ध खासै राम्रो आक्रमण बुन्न सकेन । तर पाकिस्तानका केही उत्कृष्ट प्रहारलाई नेपाली किपर शेखले राम्रो बचाउ गरेका थिए ।

नेपालले दोस्रो खेलमा माल्दिभ्ससँग खेल्नेछ । नेपाललाई अघिल्लो चरण पुग्न माल्दिभ्सलाई जित्नैपर्ने दबाब थपिएको छ । प्रतियोगितामा नेपालसहित ६ टिम सहभागी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर