बालेनको व्यङ्ग्य : “नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ”

काठमाडौं । सरकारद्वारा प्रस्तुत शिक्षा विधेयकप्रति विमति राखेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शिक्षकहरूको आन्दोलनका क्रममा माइतीघर, बानेश्वरलगायत क्षेत्रमा लगाइएको र संरक्षण गरिएको ग्रिन बेल्टमा नोक्सान पुगेकोमा आन्दोलनकारी शिक्षकहरूप्रति व्यङ्ग्य स्वरूप महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता स्मरण गराएका छन् ।
मेयर साहले आज बिहीबार अपराह्न आफ्नो फेसबुक पेजमा महाकवि देवकोटाको प्रख्यात कविता “नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ” का उद्धरणहरू साभार गरेका छन् । साथै उनले शिक्षकहरू ग्रिन बेल्टमा बसेर दुबो र हरियाली क्षेत्रको नोक्सानी पुगेको तस्बिर पनि पोस्ट गरेका छन् ।
बालेनले साभार गरेको कविताका अंशः–
“नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फुल नानी हो
दया र धर्म भाग्दछ
महाकवि लक्ष्मीप्रसाद देवकोटा”
यो स्पष्ट छ, बालेन विद्यालय बन्द गर्ने पक्षमा किमार्थ देखिँदैन् र उनले विद्यालय बन्द गरेर आन्दोलनमा गएका महानगरअन्तर्गतका सामुदायिक शिक्षकहरूलाई कारवाही गर्ने चेतावनी दिइसकेका छन् । बालेनको चेतावनीको अतिरिक्त शिक्षकहरू आन्दोलित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर