भारतको विजयी सुरुवात

काठमाडौं ।  १९ वर्षमुनिकाे साफ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेकाे छ । आज बिहीबार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा भारतले बङ्गलादेशलाई ३–० गाेलले हरायाे ।

पहिलाे हाफमा २ गाेल गरेकाे भारतले दाेस्राे हाफमा १ गाेल थप्याे । भारतका लागि गुग्मसार गोयरी, नओबा मेइतेई र र अर्जुन ओइनामले १/१ गाेल गरे । याे जितसँगै समूह ‘बी’ मा रहेकाे भारतले ३ अङ्क जाेडेकाे छ । याे समूहमा भारत, बङ्गलादेश र भुटान छन् ।

प्रतियोगिताको दोस्रो खेलमा आजै बेलुकी  घरेलु टोली नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । याे समूहमा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । २ वटा समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर