शिक्षकहरूको आन्दोलन जारी, माइतीघरमा प्रदर्शन

काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आज पनि शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् । आज दोस्रो दिन पनि माइतीघर मण्डलामा प्रदर्शन भइरहेको छ ।

विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा छन् । यसले गर्दा पठनपाठन प्रभावित भएको छ ।  शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालय बन्द हुँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । शिक्षाविद्लगायत सरोकारवालाहरुले बालबालिकाको पढ्न पाउने अधिकार वञ्चित नगर्न  र वार्तामार्फत् समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर