भारतमा महिला आरक्षणसम्बन्धी विधेयक पारित

काठमाडौं । भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक लोकसभाबाट पारित भएको छ । भारतीय जनता पार्टी (भाजपा) को सरकारले संसद्को विशेष अधिवेशन डाकेर यो विधेयक ल्याएकोमा लोकसभाबाट अत्यधिक बहुमतसहित पारित भएको हो ।

विधेयकको पक्षमा ४ सय ५४ मत र विपक्षमा २ मत मात्रै परेको बीबीसी हिन्दीले जनाएको छ । अब माथिल्लो सदन राज्यसभाबाट पनि विधेयक पारित हुनुपर्नेछ । महिला आरक्षण विधेयक अनुसार अब लोकसभा चुनावमा भारतीय महिलाका लागि कम्तीमा ३३ प्रतिशत सिट आरक्षण हुनेछ ।

लोकसभाको ५ सय ४३ सिटहरूमध्ये १ सय ८१ सिट महिलाका लागि आरक्षित हुनेछन् । अहिले लोकसभामा ८२ जना महिला रहेका छन् । यस्तै, राज्यका विधानसभामा पनि महिलाका लागि सिट आरक्षित हुनेछन् । भारतमा यस सम्बन्धित विधेयक पहिलो पटक सन् १९९६ मा ल्याइएको थियो । तर पारित हुन सकेको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर