बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३३ रूपैयाँ २२ पैसा पुगेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५४ पैसा पुगेको थियो ।

आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५७ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ९५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ३४ पैसा कायम गरिएको छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५३ पैसा पाइन्छ ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ११ पैसा र बिक्रीदर ३६ रूपैयाँ २७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३० पैसा र बिक्रीदर २८ रूपैयाँ  ४३ पैसा पाइन्छ ।  कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ २७ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ५१ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ७६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३७ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर