वर्तमान संविधान माओवादीसँग डराएर बनाएको हो : ढुंगाना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले २०७२ सालमा जारी भएको नेपालको संविधान माओवादीसँग डराएर बनाएको टिप्पणी गरेका छन् । बीपी साहित्य महोत्सवको अन्तिम दिन उनले संविधान माओवादीसँग डराएर बनाएको बताए ।

‘“यो संविधानमा बीपी तत्त्व छँदैछैन । म संविधान दुर्घटनामा जाओस् भन्ने पक्षमा छैन । तर, एकेडेमिक बहसमा यो संविधान उत्कृष्ट भन्न सक्दिनँ’, ढुंगानाले भने, ’यो माओवादीसँग डराएर उनीहरूको चित्त बुझाउनका लागि बनाएको संविधान हो ।”

उनले अहिलेको संविधान माओवादी क्रान्तिको जगमा बनेको बताउँदै उनले भने, “२००७ सालमा बनेको भए कस्तो बन्थ्यो होला भनेर बहस हुन सक्छ । त्यसबेला भएको भए बीपी नेतृत्वको क्रान्तिको जगमा संविधान बन्थ्यो भने अहिले माओवादीको सशस्त्र क्रान्तिको जगमा बनेको हो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर