इरानसँग पराजित हुँदै नेपाल प्रतियाेगिताबाटै बाहिरियो

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियाेगिताबाटै बाहिरिएकाे छ । चीनको हाङझाउमा आज बुधवार भएकाे खेलमा नेपाल इरानसँग ३–० काे साेझाे सेटमा पराजित भयाे । नेपाल इरानसँग २५–९, २५–१५ र २५–१३ ले पराजित भयाे ।

हिजाे मङ्गलवार भएकाे पहिलाे खेलमा नेपाल बहराइनसँग ३–१ ले पराजित भएको थियो । आजकाे हारसँगै नेपाल जितविहीन बन्दै प्रतियाेगिताबाट बाहिरिएकाे हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर