च्याम्पियन्स लिग : पीएसजीको सहज जित

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेका छन् । म्यानचेस्टर सिटीले मंगलबार राति रेड स्टार बेलग्रेडमाथि ३–१ को जित निकाल्दा पीएसजीले जर्मन जायन्ट बोरुसिया डर्टमण्डमाथि २–० को नतिजा आत्मसात् गर्‍यो ।
सुरुआतमा १–० ले पछि परेको नतिजा उल्ट्याउँदै सिटीले बेलग्रेडविरुद्ध तीन गोल गर्‍यो । ओसमान बुकारीको गोलमा पहिलो हाफको अन्तिम मिनेटमा पाहुना टोली बेलग्रेडले अग्रता बनाएको थियो । दोस्रो हाफमा सुरु भएलगत्तै सिटीले बराबरी गोल फर्कायो । जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए ।

६० औं मिनेटमा उनैले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । फिल फोडिनको पासलमा रोड्रीले ७३ औं मिनेटमा गोल गर्दै सिटीलाई ३–१ को शानदार जित दिलाए । रेड स्टारका ओमरी ग्लेजरले सिटीविरुद्ध उत्कृष्ट प्रर्दशन गर्दै गोलका निश्चित अवसरलाई असफल बनाएका थिए । सिटीले रेड स्टारमाथि झण्डै ३७ सट प्रहार गरेको थियो ।

समूह जीको खेलमा सिटीले महत्वपूर्ण तीन अंक जोडेको छ । अर्को खेलमा पीएसजीले बोरुसिया डर्टमण्डलाई २–० ले निराश बनायो । घरेलु मैदानमा ४९ औं मिनेटमा केलियन एमबाप्पेको गोलमा पीएसजीले अग्रता बनाएको थियो । आर्चर हाकिमीले ५८ औं मिनेटमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरेका थिए । ग्रुफ अफ डेथ मानिएको समूह एफमा पीएसजीले महत्वपुर्ण तीन अंक बटुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर