टुँडिखेलमा आयोजित संविधान दिवसका केही झलक

काठमाडौं । संविधान दिवस मूल समारोह समितिले असोज २, ३ र ४ गते विशेषरूपमा संविधान दिवस मनाउन आह्वान गरेअनुसार देशभर विभिन्न कार्यक्रमका साथ सातै प्रदेश तथा स्थानीय तहमा पनि संविधान दिवस मनाउने क्रम जारी छ । यसैक्रममा सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह समितिले आयोजनामा विशेष कार्यक्रम आयोजना गरेको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेकाले समारोहमा प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, संवैधानिक निकाय प्रमुख, सुरक्षा निकायमा प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको छ । नेपाली सेनाद्वारा सैनिक–मञ्च, टुँडिखेल, काठमाडौंमा बिहान सूर्योदयसँगै बिगुल (रिभ्याली) बजाउने, तोप र बन्दुकको बढाइँ, सबै मठ–मन्दिर, बुद्ध–विहार, मस्जिद, चर्च, गुरुद्वारालगायतका धार्मिक स्थलहरूमा नित्य–पूजा, पाठ गर्दा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, लोकतन्त्र र संविधानका लागि जीवन उत्सग गर्ने ज्ञात–अज्ञात सहिदहरूको आत्माको चीरशान्तिको कामनासहित उच्च सम्मानसाथ श्रद्धासुमन अर्पण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर