सुहाङ नेम्वाङ पहिलो राजनीतिक वक्तव्य : “बुवाले अपूरा छाडेका कामहरु अगाडि बढाउन तयार छु”

काठमाडौं । नेकपा एमालेले आज दिवंगत उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा सातै प्रदेशमा स्मृति सभा आयोजना गरेको छ । स्वर्गीय नेम्वाङको गृह जिल्ला इलाममा उपाध्यक्ष रामबहादुर थापा बादल पुगेका थिए । नेम्वाङको गृह जिल्ला इलाममा आयोजित कार्यक्रममा उपाध्यक्ष बादलसँगै नेम्वाङ पुत्र सुहाङ नेम्वाङ पनि पुगे र कार्यक्रममा उनले पनि आफ्ना बुवाप्रति श्रद्धाञ्जली अर्पण गरे ।

श्रद्धाञ्जली अर्पण गर्दै उनले व्यक्त गरेको कुरा यस्तो थियो, “म राजनीतिमा सक्रिय छैन । तर म बुवासँगै हुर्किएको हुँ । म राजनीतिक परिवेश र माहोलमा जन्मिएको हुँ । तर, म कदापि सोच्दिनँ कि राजनीतिक परिवारमा जन्मियो भन्दैमा उसैले अवसर पाउनुपर्छ भन्ने म ठान्दिनँँ । तर, राजनीतिक जिम्मेवारी नहुँदा नहुँदैपनि बुवाको सपना, बुवाले अधुरो गर्नु भएको कार्यहरुमा म सामाजिक र कानूनी रुपबाट कुन हिसाबले अगाडि बढ्न सकिन्छ । म हजुरहरुसँग हातेमालो गरेर अगाडि बढ्न निवेदन गर्न चाहन्छु । जिल्लाको विकास गर्न मबाट गर्नुपर्ने सबै काम हुनेछन् । जिल्लाको विकासका लागि कसरी र के काम गर्न सकिन्छ हजुरहरुबाट मलाई त्यही हिसाबले सल्लाह, सुझाव र सहयोग गरिदिनु होला । यस दुःखद घडीमा पानीमा भिजिभिजी चिसो हुँदा हुँदैपनि तपाइँहरु यहाँ उपस्थित हुनुभयो त्यसको लागि म हृदयदेखिनै धन्यवाद दिन चाहन्छु, मलाई हौसला दिनुहोला। अहिलेसम्म बुवाले देशको परिवारको र इलामवासीको शिर निहुरिन दिनु भएन । म पनि बुवाले अपूरा छाडेका कामहरु अगाडि बढाउन तयार छु। मेरो परिवार र मैले कहिले पनि तपाइँहरुको शिर निहुरिन दिन्नौँ ।”

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर