अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड आयोजना हुने

काठमाडौं । अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड आयोजना हुने भएको छ । नेपाल एथलेटिक्स परिवारको आयोजनामा असोज १३ गते अन्तर नगरपालिका स्तरीय राष्ट्रिय क्रस कन्ट्री आयोजना हुने भएको हो । देशभरका नगरपालिकालाई समावेश गरेर आयोजना गरिने दौडमा महिला र पुरुष विधाको १० किलोमिटर सिनियर र ५ किलोमिटर जुनियर स्पर्धा समावेश गरिएको छ ।

सिनियर स्पर्धामा महिला र पुरुष गरि समान ३ खेलाडी र जुनियर महिला र पुरुषमा गरि समान ३ जना खेलाडी सम्बन्धित पालिकाबाट सहभागी हुन पाउनेछन् । प्रतियोगितामा भाग लिन उपत्यका बाहिरका नगरपालिकाले खेलाडी दर्ता शुल्क बापत १२ जना खेलाडीको १० हजार रुपैयाँ बुझाउनुपर्नेछ । नगरपालिकाबाट १२ भन्दा कम खेलाडी सहभागी भएमा प्रति खेलाडी १ हजार दर्ता शुल्क लाग्ने आयोजक एथलेटिक्स परिवार नेपालले जनाएको छ ।

जुनियर इभेन्टमा सहभागी हुने खेलाडीले २०६३ साल असोज १  गतेपछि जन्म भएको कागजात पेश गर्नुपर्नेछ भने सहभागी खेलाडीको खाना, बसोबास र यातायात ब्यवस्था सम्बन्धित पालिकाले गर्नुपर्ने परिवारका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।  प्रत्येक इभेन्टमा सहभागी खेलाडीको नतिजाका आधारमा टिम विजेताको छनोट गरिने बताइएको छ । सहभागी हुन चाहने खेलाडीले असोज १० गतेभित्र नाम दर्ता गर्नुपर्ने प्रतियोगिताको ब्यवस्थापनको जिम्मेवारी लिएको प्रो स्पोर्ट्सले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर