डा. शेखरलाई शर्मा र पौडेलको बाइबाई

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलाएको भेलामा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल नजाने भएका छन् ।

केन्द्रीय समितिको बैठक बस्नुअघि नेता कोइरालाले बोलाएको छुट्टै भेलामा आफू सहभागी नहुने नेता पौडेलले बताए । उनले आफू काम विशेषले उपत्यका बाहिर जान लागेको बताए । इतर पक्षको भेलामा डा. शेखरले महामन्त्री विश्वप्रकाश शर्मा र नेता पौडेललाई पनि पहिलो पटक बोलाएका थिए । तर, उनीहरू दुवै नजाने भएका छन् ।

महासमिति बैठकबाटै पार्टीको नीति, गति र मति उपर साझा दृष्टिकोण निर्माण हुनुपर्ने महामन्त्री शर्माको अडान छ । आफू बैठकमा नजाने सन्देश शर्माले आज ट्विटरमा घुमाउरो संकेत गरेका छन् । तीनवटा ट्विट लेख्दै शर्माले आफ्नो धारणा प्रष्ट्याएका हुन् । डा. शेखर पक्ष नेताहरूसँगको भेला  बालुवाटारस्थित सम्पर्क कार्यालयमा बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर