बर्नलीसँग नटिङहमको बराबरी

काठमाडौं । प्रिमियर लिग फुटबलमा नटिङहम फरेष्ट र बर्नलीले बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राति नटिङ्घमले घरेलु मैदानमा बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

कालम हडसन ओडोइले नटिङ्घमबाट डेब्यु गोल गर्दै नयाँ क्लबमा शानदार उपस्थिती जनाए । पाहुना टोली बर्नलीले जेकी आमदौनीको गोलबाट सुरुआती अग्रता बनाएको थियो । बर्नलीले लिगमा पहिलो बराबरी खेल्दै अंक जोडेको छ । नटिङ्घमले ५ खेलबाट ७ अंक जोडेको छ भने बर्नली १ अंक सहित तालिकाको रेलिगेशन जोनमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर