डान्सका दीपकले विश्व च्याम्पियनसिप खेल्ने

काठमाडौं । डान्स स्पोर्ट्स खेलाडी दीपक लामा डब्लुडिएसफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने भएका छन् । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका दीपकले विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
सेप्टेम्बर २३ देखि २४ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन दीपक मंगलबार बेल्जियमको लुउभेन प्रस्थान गर्दै छन् ।

दीपकले वान अन वान ब्रेकिङ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दीपक लामालाई उच्च मनोबलका साथ प्रदर्शन गरी देशको गौरव अभिबृद्धि गर्न हौसला बढाउदै एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर